National life

आइएमई लाइफले व्यवसायमा मार्यो छलाङ्ग,सबै सूचकमा उल्लेख्य प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
758Shares
आइएमई लाइफले व्यवसायमा मार्यो छलाङ्ग,सबै सूचकमा उल्लेख्य प्रगति
ncell

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। कम्पनीले यस अवधिमा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आवको भन्दा १४५ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवमा कम्पनीले २० करोड ९९ लाख खुद नाफा गरेको थियो ।

यस समिक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आम्दानी १३.२४ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ११ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ४ अर्ब १८ करोड ६९ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको कुल दाबी भुक्तानी पनि ६.७६ प्रतिशतले वृद्धि भएर १ अर्ब २३ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा कोष ९ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्ष जीवन बीमा कोष ७ अर्ब ५ करोड ७४ लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीको कुल बीमाशुल्क आम्दानी ४ अर्ब ७४ करोड ११ लाख रुपैयाँ पुगेको छ । आघिल्लो आर्थिक बर्षको भन्दा १३.२४ प्रतिशतले बढी हो। अघिल्लो वर्षकम्पनीले ४ अर्ब १८ करोड ६९ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीले कुल दाबी भुक्तानी १ अर्ब २३ करोड १९ लाख रुपैयाँ गरेको छ। जुन आघिल्लो आवको भन्दा ६.७६ प्रतिशतले बढी हो।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको यस कम्पनीको लगानी ५२.८६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँबाट बढेर १०.२९ रुपैयाँ पुगेको छ । पीई रेसियो ४४.०२ गुणा , सोल्भेन्सी रेसियो २.८ प्रतिशत र नेटवर्थ १४५.५९ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
758SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?