National life

एनएलजी इन्स्योरेन्सको लगानीकर्तालाई कुनै वर्ष टुटेन प्रतिफल, हेर्यौ लाभांश इतिहास

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० कात्तिक २०८०, सोमबार
602Shares
एनएलजी इन्स्योरेन्सको लगानीकर्तालाई कुनै वर्ष टुटेन प्रतिफल, हेर्यौ लाभांश इतिहास
ncell

काठमाडौं। नेसनल लाइफ इन्स्योरेन्सको ठूलो लगानी रहेको एनएलजी इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रको एक स्थापित नाम हो । लगानीकर्ता र बीमाकर्ताको भरोस जित्न सफल यस कम्पनीले नागरिकलाई दशकौंदेखि सेवा दिंदै आएको छ ।

हाल कम्पनीको ८० भन्दा धेरै शाखा रहेका छन् । त्यसैगरी, ३११ एजेन्ड मार्फत सेवा दिंदै आएको कम्पनीको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले २० भन्दा धेरै इन्स्योरेन्स पोलेसी बिक्री गर्ने गरेको जनाएको छ । यसमा मोटर, घर, कृषि लगायतका प्रडक्टहरु रहेका छन् ।

दाबी भुक्तानिको विषयमा शीघ्रताको लागि कम्पनीले नाम स्थापना गरेको छ । कम्पनीको ठूलो नेटवर्कद्वारा देशभर विविध उत्पादनमा दायरा प्रदान गरेर ग्राहकलाई सेवा प्रदान गर्दै आएको कम्पनीको भनाई छ ।

कम्पनीका ग्राहकहरु समाजका सबै तह, व्यापार निगम, सरकारी कार्यालय, विकास संस्था र व्यक्तिगत रुपमा फैलिएका छन् । एनएलजीसँग विश्वको प्रख्यात पुनर्बीमा कम्पनी ह्यानोभर रेको प्रमुख पुनर्बीमाकर्ताको रुपमा भरपर्दो पुनर्बीमा समर्थन रहेको छ ।

एनएलजीले पछिल्ला वर्ष आएका चुनौतीहरुलाई अवसरमा परिणत गर्न सफल भएको छ । विपत्तिको समयमा पीडितलाई भुक्तानी गर्ने लक्ष्यका साथ दाबी भुक्तानी यथाशीघ्र पूरा गर्नेतर्फ काम गरिरहेको हुन्छ ।

यो कम्पनी बीमा व्यवसाय सहित सामाजिक कल्याण कार्यक्रमहरुमा पनि सक्रिय सहभागी छ । व्यावसायिक अनुशासन र पारदर्शिता यसको सम्पत्ति रहेको कम्पनीको भनाई छ । नेशनल बीपीए अवार्ड जस्ता अवार्डबाट पनि सम्मानित भएको छ । नेपालमा व्यवसाय सञ्चालन गर्ने शीर्ष बीमा कम्पनी बन्ने गरी यो कम्पनी अघि बढेको छ ।

सफल र व्यावसायिक बीमा व्यवसायको रुपमा सञ्चालन गर्दै शेयरधनीलाई पर्याप्त प्रतिफल दिन गुणस्तरीय व्यवसाय खरिद गरी जनशक्तिको विकास गरी सामाजिक उत्तरदायित्वका रुपमा सामाजिक–अर्थतन्त्र प्रवर्द्धन गरी राष्ट्रलाई योगदान पुर्याउन प्रथम श्रेणीको बीमा सेवा प्रदान गर्ने यसको मिसन रहेको छ । सोही अनुसार कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्दै आएको छ ।

एनएलजीको लाभांश इतिहास

एनएलजी इन्स्योरेन्सले पछिल्ला १० आर्थिक वर्षमा लगानीकर्तालाई निकै राम्रो प्रतिफल दिंदै आएको छ । तथ्यांक अनुसार यसको औसत प्रतिफल दर १७.३७ प्रतिशत रहेको छ । जुन अन्य कम्पनीहरुको भन्दा धेरै हो ।

यस इन्स्योरेन्सले पछिल्लो ३ आर्थिक वर्ष लगातार १० प्रतिशत लाभांश वितरण गरेको छ । जुन तुलनात्मक रुपमा धेरै हो । केही निर्जीवन बीमा कम्पनीहरुले नियामकले तोकेकको पूँजी पुर्याउन केही वर्ष रिटेन अर्निङमा रकम जम्मा गरी एकै पटक धेरै लाभांश दिएका थिए । तर कम्पनीले भने लगानीकर्तालाई हरेक वर्ष प्रतिफल दिंदै आएको छ । कम्पनीले सबै भन्दा धेरै आर्थिक वर्ष २०७२–७३ र २०७३–७४ मा २६.३१ प्रतिशत लाभांश वितरण गरेका थियो ।

कम्पनीले आर्थिक वर्ष २०७६–७७ मा ६० प्रतिशत हकप्रद जारी गरेको थियो । त्यसअगाडि यसले ५० प्रतिशत हकप्रद जारी गरेको देखिएको छ । हाल ६६ प्रतिशत हकप्रद जारी गर्ने तयारीमा छ ।

यस इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रदजारी गर्न बोर्डमा आवेदन पनि दिएको छ । हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपैयाँमा ६६ प्रतिशत हकप्रद जारी गर्ने लागेको हो । हकप्रद पश्चात यसको पूँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ । तसर्थ, बीमा प्राधिकरणले तोके अनुसार यस कम्पनीलाई साढे २ अर्बको पूँजी पुर्याउन थप पूँजी आवश्यक पर्ने देखिन्छ । यसका लागि कम्पनीले बोनस शेयर वितरण गर्ने सम्भावन अत्याधिक रहेको छ ।

वित्तीय विवरण

गत वर्षको अन्तिम त्रैमासमा एनएलजी इन्स्योरेन्सले २४ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरको छ । पछिल्ला वर्षहरुको तथ्यांक अनुसार यसको नाफा प्रायः वर्ष बढेको छ । तसर्थ, चालु आर्थिक वर्षमा पनि यसले निकै राम्रो मुनाफा आर्जन गर्ने अनुमान लगाउन सकिन्छ ।

गत वर्ष यसको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५२ पैसा र नेटवर्थ २०९ रुपैयाँ ५० पैसा रहेको थियो । असार मसान्तसम्म यसले लगानी कर्जा तथा अन्यबाट १४ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । बीमा कोष १ अर्ब २७ करोड रहेको छ । यसको जगेडा कोषमा २६ करोड ५२ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार भदौमा एनएलजीले १८ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसले गत वर्ष ४९ करोड ९८ लाख खुद दावी भुक्तानी गरेको जनाएको छ ।

सञ्चालक तथा व्यवस्थापन

यस कम्पनीका अध्यक्षमा बिमल प्रसाद वाग्ले रहेका छन् । यस कम्पनीका सीइओमा सुनिल बल्लभ पन्त रहेका छन् । डी–सीइओमा मनोज श्रेष्ठ रहेका छन् ।

रिइन्स्योरेन्स पार्टनर

एनएलजीको देश विदेशका प्रख्यात कम्पनीहरु पुनर्बीमा पार्टनर रहेका छन् । मलेसिया, थाइल्यान्ड, केनिया, बेलायत लगायर नेपालको रि इन्स्योरेन्स कम्पनी कम्पनीको पुनर्बीमा पार्टनर हुन् । तसर्थ, कम्पनीले आफू र बीमाकर्ताहरुलाई जोखिम हुन नदिन निकै राम्रो रणनीतिले अगाडि बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?