National life

एनएलजी इन्स्योरेन्सले बोलायो पुस ३० गते साधारणसभा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०९ पुस २०८२, बुधबार
1.3kShares
एनएलजी इन्स्योरेन्सले बोलायो पुस ३० गते साधारणसभा
ncell

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार बीसौं वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा दिउँसो साढे १ बजे शुरू हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर ३ प्रतिशत नगद लाभांश र कर तिर्न ०.३६८४ नगद लाभांश पारित गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र २ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २२ गते एक दिनका लागि कम्पनीको शेयरधनी दर्ता किताब बन्द गरिने कम्पनीले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?