काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ११ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमास अर्थात, असोजसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बीमा कम्पनीहरुले यस पटक एनएफआरएस विधिबाट रिपोर्ट प्रकाशित गरेका हुन् । जीवन बीमा कम्पनीहरुको प्रदर्शन पहिलो त्रैमासमा निकै सन्तोषजनक देखिएको छ ।
रिपोर्ट अनुसार सबै कम्पनीहरुको नाफा बढेको छ ।
यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) को रिटेन्स अर्निङ अरु जीवन बीमा कम्पनीको भन्दा धेरै रहेको छ । यसको उक्त शीर्षकमा २ अर्ब रुपैयाँ भन्दा धेरै छ । हिमालयको १ अर्ब १५ करोड, रिलायबल नेपालको १ अर्ब १३ करोड र सूर्यज्योतिको १ अर्ब ३० करोड रुपैयाँ बराबरलप रिटेन्ड अर्निङ रहेको छ ।
यता, सबै भन्दा कम रिटेन्ड अर्निङ एशियन लाइफको देखिएको छ । यसको ३० करोड ६३ लाख रुपैयाँ रिटन्ड अर्निङमा रहेको छ । यिनीहरुको समग्रमा रिटेन्ड अर्निङमा १० अर्ब २६ करोड रुपैयाँ रहेको छ ।



































