National life

जीवन बीमा कम्पनीहरुमा राहत घोषणा गर्ने पहिलो बन्यो आई एम ई लाइफ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
1.1kShares
जीवन बीमा कम्पनीहरुमा राहत घोषणा गर्ने पहिलो बन्यो आई एम ई लाइफ
ncell

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु १० लाख सहयोग गर्ने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८० साल कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत पुगोस् भन्ने हेतुले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको हो।

पीडित परिवारहरू प्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरि सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताउनु भयो।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?