National life

जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष हेर्यौ कसको कति प्रतिशतले वृद्धि भयो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ भदौ २०८०, मङ्गलबार
495Shares
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष हेर्यौ कसको कति प्रतिशतले वृद्धि भयो
ncell

काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षा २०७९ /८० को अपरिष्कृत वित्तीय विवरण सार्बजनिक गरिसकेका छन्। सार्बजनिक गरेका वित्तीय विवरण अनुसार आघिल्लो आर्थिक बर्षको तुलनामा कुन कम्पनीको जीवन बीमा कोष कति प्रतिशतले वृद्धि भएको भएको छ हेर्यौ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको जीवन बीमा कोष १९ दशमलव ७६ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा १ खर्ब ६३ अर्ब रुपैयाँ जम्मा भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको यहि अवधिमा जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ थियो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि १८ प्रतिशतले भई ६० अर्ब २५ करोड १५ लाख ९१ हजार पुगेको छ भने अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोष ५० करोड ८० लाख थियो । कम्पनीको महा विपत्ती कोषमा ४८ करोड ८२ लाख संचिती छ ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको जीवन बीमा कोष २३ दशमलव २७ प्रतिशतले वृद्धि भएर जीवन बीमा कोषमा ५२ अर्ब १२ करोड रुपैयाँ संचित भएको छ। अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ४२ अर्ब २८ करोड रुपैयाँ थियो ।

एसियन लाइफ इन्सुरेन्स कम्पनी

कम्पनीको जीवन बीमा कोष झण्डै ३७ अर्ब रुपैयाँ पुगेको छ । गत असारसम्म कम्पनीको जीवन बीमा कोषको आकार १६.८० प्रतिशत बढेर ३६ अर्ब ९० करोड ५५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३१ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।

मेट लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको जीवन बीमा कोष १५ दशमलव ३० प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा २३ अर्ब २३ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा २० अर्ब १५ करोड रुपैयाँ थियो ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड रुपैयाँ संचित रहेको छ । अघिल्लो आवमा सूर्या लाइफ र ज्योति लाइफ दुवै कम्पनीमा गरी कूल २० अर्ब ३५ करोड रुपैयाँ जीवन बीमा कोषमा संचिती रहेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको जीवन बीमा कोष ५६ दशमलव ०७ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ९ अर्ब ४१ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ६ अर्ब ०३ करोड रुपैयाँ थियो ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको जीवन बीमा कोष ४३ दशमलव २५ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ६ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ४ अर्ब ७१ करोड रुपैयाँ थियो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको जीवन बीमा कोष १५८ दशमलव ०७ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ८ अर्ब ६४ करोड रुपैयाँ संचय भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ३ अर्ब ३४ करोड रुपैयाँ थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको जीवन बीमा कोष १३८.५८ प्रतिशत बढेर ७ अर्ब २४ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको जीवन बीमा कोष ४३.१६ प्रतिशतले बृद्धि भई तीन अर्ब ५१ करोडबाट पाँच अर्ब तीन करोड नाघेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब ६० करोड ४९ लाख थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बीमा कोष ४४ प्रतिशतले बढेको हो ।

राष्ट्रिय बीमा संस्थान

कम्पनीको जीवन बीमा कोष ३७ अर्बबाट बढेर ४७ अर्ब रुपैयाँ पुगेको छ।

एलआइसी नेपाल

कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब ४७ करोड रहेको छ । अघिललो वर्ष कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?