National life

जीवन बीमा कम्पनीहरुले बढाए नाफा, विभिन्न सूचांकहरुमा कुन कम्पनीको अवस्था कस्तो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ मंसिर २०८०, सोमबार
492Shares
जीवन बीमा कम्पनीहरुले बढाए नाफा, विभिन्न सूचांकहरुमा कुन कम्पनीको अवस्था कस्तो ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ११ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमास अर्थात, असोजसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बीमा कम्पनीहरुले यस पटक एनएफआरएस विधिबाट रिपोर्ट प्रकाशित गरेका हुन् । जीवन बीमा कम्पनीहरुको प्रदर्शन पहिलो त्रैमासमा निकै सन्तोषजनक देखिएको छ ।

रिपोर्ट अनुसार सबै कम्पनीहरुको नाफा बढेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समग्रमा यिनीहरुको खुद नाफा ३०.५४ प्रतिशतले बढेको देखिएको छ । गत वर्ष समग्रमा १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएका यी कम्पनीहरुले यस वर्षको असोजसम्म १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

बीमा कम्पनीहरुले लगानी तथा कर्जा, पोलिसी होल्डरहरुलाई कर्जा प्रवाहबाट आर्जन भएको ब्याज लगायत अन्य श्रोतबाट हुने आम्दानी बढ्दा नाफा बढेको जनाएका छन् । त्यसैगरी, यिनीहरुको बीमा शुल्क आर्जन पनि करिब १३ प्रतिशतले बढेको छ । असोजसम्म यिनीहरुले ३३ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यता, यिनीहरुको चुक्ता पूँजी ५० अर्ब ७ करोड रुपैयाँ भन्दा धेरै छ । त्यसैगरी, रिटन अर्निङमा १० अर्ब २ करोड ६५ लाख रुपैयाँ जम्मा रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी सबै भन्दा धेरै

११ वटा जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफको चुक्ता पूँजी सबै भन्दा धेरै छ । यसको पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ बराबरको रहेको छ । त्यस्तै, तीन जीवन बीमा कम्पनी मर्जर भएर बनेको हिमालयन लाइफको चुक्ता पूँजी पनि ८ अर्ब २ करोड रहेको छ । बाँकी कम्पनीहरुको पूँजी यी दुईवटाको भन्दा कम छ ।

नेशनलको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ बराबरको रहेको छ । सबै भन्दा कम लाइफ इन्स्योरेन्स कर्पोरेसन्स नेपालको रहेको छ । यसको पूँजी २ अर्ब ६५ करोड रुपैयाँ बराबर छ । यसले बीमा प्राधिकरणले तोकेको ५ अर्बको पूँजी पुर्याउन हकप्रद शेयर जारी गर्ने तयारी थालेको छ ।

बाँकीले भने मर्ज वा आइपीओ जारी गरेर पूँजी पुर्याउन खोजेको देखिन्छ । समग्रमा यिनीहरुको चुक्ता पूँजी ५० अर्ब ७२ करोड ८० लाख रुपैयाँको छ ।

रिटेन्ड अर्निङ लाइफ इन्स्योरेन्स कर्पोरेसनको धेरै

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) को रिटेन्स अर्निङ अरु जीवन बीमा कम्पनीको भन्दा धेरै रहेको छ । यसको उक्त शीर्षकमा २ अर्ब रुपैयाँ भन्दा धेरै छ । हिमालयको १ अर्ब १५ करोड, रिलायबल नेपालको १ अर्ब १३ करोड र सूर्यज्योतिको १ अर्ब ३० करोड रुपैयाँ बराबरलप रिटेन्ड अर्निङ रहेको छ ।

यता, सबै भन्दा कम रिटेन्ड अर्निङ एशियन लाइफको देखिएको छ । यसको ३० करोड ६३ लाख रुपैयाँ रिटन्ड अर्निङमा रहेको छ । यिनीहरुको समग्रमा रिटेन्ड अर्निङमा १० अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अगाडि

नेपाल लाइफ इन्स्योरेन्सले असोजसम्म १० अर्ब ८२ करोड २८ लाख रुपैयाँ बराबरकोबीमा शुल्क संकलन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ८.८९ प्रतिशत धेरै हो । गत वर्ष पहिलो त्रैमासमा यसले ९ अर्ब ९३ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको थियो ।

सबै भन्दा कम सन नेपालले ८५ करोड १३ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । यसको उक्त शुल्क संकलन दर ०.०१ प्रतिशतले कम हो । समग्रमा यिनीहरुले ३३ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको भन्दा ११.९३ प्रतिशतले धेरै हो । गत वर्षको असोजसम्म जीवन बीमा कम्पनीहरुले २९ अर्ब ८० करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । सानिमा रिलायन्सको भने बीमा शुल्क संकलन १६० प्रतिशतले बढेको छ ।

प्रथम बिमा शुल्क

असोजसम्म नेपाल लाइफले सबै भन्दा धेरै प्रथम बीमा शुल्क संकलन गरेको छ । यसले १ अर्ब ५८ करोड रुपैयाँ बराबरको उक्त शुल्क संकलन गरेको हो । गत वर्ष यसले १ अर्ब ३९ करोड ५० लाख प्रथम बीमा शुल्क आर्जन गरेको थियो । सबै भन्दा कम सन नेपालले १४ करोड ४० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । समग्रमा बीमा कम्पनीहरुले ५ अर्ब ७४ करोड २८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको यसै अवधिको तुलनामा ७।५७ प्रतिशतले धेरै हो ।

प्रथम बीमा शुल्क भनेको के हो ?

बीमा गर्दा तिर्नुपर्ने पहिलो भुक्तानीलाई प्रथम बीमा शुल्क भनिन्छ । बीमकले बीमा पोलिसीको प्रारम्भिक शर्तमै प्रथम बीमा शुल्कको रकम निर्धारण गरेको हुन्छ । त्यसअनुसार नै बीमा गर्दा शुल्क तिर्नुपर्छ ।

हिमालयनको खुद नाफा अरुको भन्दा धेरै

हिमालयन लाइफ इन्स्योरेन्सको खुद नाफा २४ करोड १३ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३५ प्रतिशरले धेरै हो । गत वर्ष यसले १७ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरको थियो । यो अरु बीमा कम्पनीको भन्दा सबै भन्दा धेरै हो । त्यस्तै, नेपाल लाइफले १५ करोड ७९ लाख, नेशनलले १३ करोड, सन नेपालले १६ करोड ५३ लाख र सूर्यज्योतिले १३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समग्रमा बीमा कम्पनीहरुको नाफा गत वर्षको तुलनामा ३०.५४ प्रतिशले बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

लगानी तथा कर्जाबाट हुने आम्दानी २५.३९ प्रतिशतले बढ्यो

बीमा कम्पनीहरुको लगानी तथा कर्जाबाट हुने आम्दानी २५.३९ प्रतिशतले बढेर ११ अर्ब ७१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यिनीहरुले ९ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेका थिए ।

पहिलो त्रैमासमा जीवन बीमा कम्पनीको नाफा बढ्नुको मुख्य कारण लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्नु पनि हो । त्यसैगरी अन्य श्रोतबाट हुने आम्दानी पनि बढेको छ । यस अवधिसम्म लगानी तथा कर्जाबाट नेपाल लाइफले सबै भन्दा धेरै आम्दानी गरेको छ । यसको उक्त शीर्षकमा ३ अर्ब ६० करोड रुपैयाँ आम्दानी गरेको छ । सबै भन्दा कम सन नेपालको १५ करोड ९६ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

प्रतिशेयर आम्दानी एशियन लाइफको

जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा धेरै प्रतिशेयर आम्दानी एशियन लाइफ इन्स्योरेन्सको रहेको छ । यसको उक्त आम्दानी २१ रुपैयाँ ७ पैसा छ । गत वर्ष १८ रुपैयाँ ४४ पैसा थियो । औसतमा सबै बीमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा छ । गत वर्षको भन्दा यो २४ पैसाले धेरै हो । यता, सबै भन्दा कम प्रतिशेयर आम्दानी सिटिजन लाइफको रहेको छ । यसको इपीएस ७ रुपैयाँ ६३ पैसा छ । सन नेपालको २० रुपैयाँ ६७ पैसा प्रतिशेयर आम्दानी रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?