National life

नेपाल इन्स्योरेन्सको व्यवसायमा वृद्धि , यस्ता छन् अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२९ माघ २०८२, बिहिबार
1.5kShares
नेपाल इन्स्योरेन्सको व्यवसायमा वृद्धि , यस्ता छन् अन्य सूचक
ncell

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ ।

वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ९८ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ६४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन सामान्य बढेको हो ।

यस्तै यस अवधिमा कम्पनीले ५२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ५८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीले ४९ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ९४ प्रतिशतले घटेको हो । जेन जी आन्दोलन र असोजमा भएको बाढी पहिरोका कारण ठूलो संख्यामा बीमा दाबी दाबी परेको कारण नाफा प्रभावित भएको हो।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४६ करोड १० लाख रुपैयाँ खर्चिएको छ । गत आवको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४८ करोड ८० लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ०.३९ रहेको छ । प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ११ पैसा रहेको छ । २ अर्ब ५४ करोड शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्पेसल रिजर्भमा १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा रिटेन्ड अर्निङमा ४१ लाख ७९ हजार रहेको छ । अन्य इक्विटीमा ७ करोड १ लाख रहेको छ ।

अघिल्लो वर्ष असार मसान्तसम्ममा स्पेसल रिजर्भमा १ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ थियो । रिटेन्ड अर्निङमा १६ करोड २९ लाख रुपैयाँ थियो । अन्य इक्विटीमा ७ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?