काठमाडौं । सरकारी स्वामित्व समेत रहेको नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न सात जना सम्भावित उमेद्धारहरुले आवेदन दर्ता गराएका छन्। शंकर कुमार रायमाझी पदबाट बाहिरीएसँगै रिक्त रहेको पदमा सात जनाले आवेदन दिएका हुन् ।
नेपाल रि ले दिएको जानकारी अनुसार नेपाल पुनर्बीका डेपुटी सीईओ दामोदर भण्डारी, नेपाल बीमा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्की, यूनाईटेड तथा राष्ट्रिय बीमा कम्पनीका पूर्व सीईओ शेखर बराल, प्राइम लाइफका पूर्व सीईओ नारायणकुमार भट्टराई, अजोड इन्स्योरेन्सका पूर्व डेपुटी सीईओ सुरेन्द्र थापा, नेपाल पुनर्बीमाका पूर्व कर्मचारी उज्वल राज अर्याल, बुद्धकाजी श्रेष्ठले आवेदन दिएका छन् ।
आवेदन दिएका उक्त व्यक्तीहरुलाई सबैभन्दा पहिला सर्ट लिस्टमा राखिन्छ भने त्यस पश्चात योग्य उमेद्धारको छनोट हुनेछ ।
आकस्मीक कोषबाट सुरु भएको पुनर्बीमा कम्पनीले वि.स.२०७२ सालबाट नेपालकै पहिलो पुनर्बीमा कम्पनीको रुपमा नागरिकहरुलाई सेवा दिँदै आएको छ ।


































