National life

नेप्सेमा यी ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
1.3kShares
नेप्सेमा यी ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता छ ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये, हाथवे इन्भेष्टमेन्ट नेपालको ३३ लाख ९७ हजार ६८० कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिएको थियो । सोही सेयर सूचीकरण गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, प्रभु इन्सुरेन्सको २५ लाख ९४ हजार ६७८.५२ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई वितरण गरेको १८ प्रतिशत बोनस सेयर सूचीकृत गरेको हो ।

यता, एसियन लाइफ इन्सुरेन्सको १७ लाख ३३ हजार ९१६.५२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई वितरण ५.१ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?