काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८०को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा बृद्धि भएको छ । कम्पनीले १५ अर्ब ९७ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन १३ प्रतिशतले बढेको छ ।
समिक्षा अबधिमा कम्पनीको जगेडा कोषमा ४० करोड ७९ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १ अर्ब ५ करोड ६३ लाख रुपैयाँ संचिती थियो ।
यस्तै ,कम्पनीको जीवन बीमा कोषको आकार ६० अर्ब २५ करोड १५ लाख ९१ हजार पुगेको छ। जुन गत आवको भन्दा १८ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोष ५० करोड ८० लाख थियो । कम्पनीको महा विपत्ती कोषमा ४८ करोड ८२ लाख संचिती छ ।
यस अवधिमा कम्पनीले ३६ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ९२ लाख नाफा आर्जन गरेको थियो । यद्यपि बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनेछ । नाफामा सामान्य प्रभावित भएता पनि कम्पनीको अधिकांस सूचकहरु उत्कृष्ट देखिएको छ ।
यस अवधिमा कम्पनीले ७ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ६ अर्ब ४ करोड ३३ लाख दाबी तिरेको थियो । कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या ३० प्रतिशतले बृद्धि भई १३ लाखबाट बढेर १७ लाख ५१ हजार ३६१ पुगेको छ । कूल पाँच अर्ब चुक्ता पुँजि भएको नेशनल लाइफ इन्स्योरेन्स हालसम्म देशको तेस्रो ठूलो जीवन बीमा कम्पनी हो ।
कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ २७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ११७ रुपैयाँ ४८ पैसा रहेको छ ।


































