काठमाडौं । बीमा अभिकर्ताको परीक्षा नेपाल बीमा प्राधिकरणले लिने भएको छ । कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणले लिने भएको हाे ।
प्राधिकरणले आज सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई पत्र पठाउदै यस्तो जानकारी दिएको हो ।
प्राधिकरणले पत्रमा २०८० साल कार्तिक महिनादेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने हुँदा असाेज २५ गते बाट आइराएमएस सिस्टममा अभिकर्ता दर्ता प्रक्रिया बन्द गर्ने उक्त पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै बीमा ऐनका अनुसार बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।
सोहि अनुसार बीमा अभिकर्ताको परीक्षा सञ्चालन हुन लागेको हो । परीक्षा उतिर्ण गरेपछि मात्र बीमा अभिकर्ता बन्न पाइने छ ।

































