National life

बीमा कम्पनीले सेयरमा १५% सम्म लगानी गर्न सक्ने,पीईभीसीमा पनि लागनी गर्न पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
561Shares
बीमा कम्पनीले सेयरमा १५% सम्म लगानी गर्न सक्ने,पीईभीसीमा पनि लागनी गर्न पाउने
ncell

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीले अन्य कम्पनीको सेयरमा गर्ने लगानीको दायरा थप विस्तार गरेको छ ।

प्राधिकरणले जीवन बीमकको लगानी निर्देशन २०७९ लाई दोस्रो संशोधन गर्दै अन्य कम्पनीमा गर्ने लगानीको सीमा बढाएको हो ।

प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीले अन्य कम्पनीको सेयरमा १५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरेको हो । यसअघि यो सीमा ५ प्रतिशत थियो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै जीवन र निर्जीवन बीमा कम्पनीले प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड(पीईभीसी) मा समेत लगानी पाउने भएका छन् ।प्राधिकरणले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड मा जीवन र निर्जीवन बीमा कम्पनीले लगानी गर्न पाउने व्यवस्था गरेको छ । लगानीको सीमा कुल लगानीको बढीमा १.५ प्रतिशत निर्धारण गरिएको छ । यस्तो लगानी एकै फण्डमा बढीमा १ प्रतिशतसम्म गर्न सकिने प्राधिकरणले जनाएको छ ।

यस्तै बीमा प्राधिकरणले जीवन र निर्जीवन लघुबीमा कम्पनीले अन्य कम्पनीको सेयरमा गर्ने लगानीको सीमा पनि १५ प्रतिशत नै कायम गरेको छ । तर लघु बीमा कम्पनीले प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डमा लगानी भने गर्न पाउने छैनन् ।

 

 

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?