National life

बीमा कम्पनीले अब वेबसाइटमै सार्वजनिक गर्नुपर्नेछ यी महत्वपूर्ण विवरण

सबै बीमा कम्पनीलाई वेबसाइटमा संस्थागत विवरण अद्यावधिक गर्न बीमा प्राधिकरणको निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
८ दिन अगाडि|२६ भदौ २०८३, शुक्रबार
3.1kShares
बीमा कम्पनीले अब वेबसाइटमै सार्वजनिक गर्नुपर्नेछ यी महत्वपूर्ण विवरण
ncell

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सबै इजाजतपत्र प्राप्त बीमा कम्पनीलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार संस्थासँग सम्बन्धित महत्वपूर्ण विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ ।

प्राधिकरणको सम्पत्ति शुद्धीकरण निवारण शाखाले पुस २४ गते सबै बीमकलाई आवश्यक विवरण अद्यावधिक गर्न आग्रह गरेको हो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३५ग मा रहेको व्यवस्थाको कार्यान्वयनका लागि बीमकले आफ्ना संस्थागत तथा नियामकीय विवरण सार्वजनिक रूपमा उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बीमकले आफ्नो केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालयको स्पष्ट ठेगानासहित सम्बन्धित कार्यालय प्रमुखको विवरण वेबसाइटमा अद्यावधिक गर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, बीमकको दर्ता मिति र इजाजतपत्र नम्बरसमेत सार्वजनिक गर्नुपर्नेछ ।

त्यस्तै, बीमकको कानुनी स्वरूप तथा कार्यक्षेत्र स्पष्ट हुने गरी संस्थाको संक्षिप्त परिचय वेबसाइटमा राख्नुपर्नेछ । बीमकलाई नियमन गर्ने निकाय तथा नियमनसम्बन्धी कानुनी व्यवस्थाबारे आवश्यक जानकारीसमेत सार्वजनिक गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

यसअन्तर्गत बीमा ऐन, बीमा नियमावली तथा नेपाल बीमा प्राधिकरणबाट जारी गरिएका निर्देशन र मार्गदर्शनलाई समेत वेबसाइटमा समेट्नुपर्नेछ ।

बीमकले आफ्नो सञ्चालक समितिका सदस्यहरूको नाम तथा नामेसी विवरणसमेत वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ । साथै, बीमकअन्तर्गत रहेका अन्य समितिका पदाधिकारीहरूको परिचय खुल्ने विवरण पनि अद्यावधिक गर्नुपर्ने प्राधिकरणको निर्देशन छ ।

यसका अतिरिक्त अन्य कुनै कानूनले सार्वजनिक गर्नुपर्ने भनी तोकेका विवरण भए ती विवरणसमेत वेबसाइटमार्फत सार्वजनिक रूपमा उपलब्ध हुने गरी अद्यावधिक गर्न प्राधिकरणले सबै बीमकलाई आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
3.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?