National life

दाबी भुक्तानीमा दबाब निषेधः बीमा कम्पनीलाई प्राधिकरणको कडा निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१० साउन २०८३, आइतबार
1.1kShares
दाबी भुक्तानीमा दबाब निषेधः बीमा कम्पनीलाई प्राधिकरणको कडा निर्देशन
ncell

काठमाडौं । बीमा दाबी लिन जाँदा अब सेवाग्राहीलाई अर्को बीमा किन्न दबाब दिन पाइने छैन। नेपाल बीमा प्राधिकरण ले यस्तो कार्य रोक्न जीवन बीमा कम्पनीहरूलाई स्पष्ट निर्देशन दिएको छ।

प्राधिकरणका अनुसार वैदेशिक रोजगार म्यादी जीवन बीमा लगायत अन्य योजनाको दाबी भुक्तानीका क्रममा केही कम्पनीहरूले सेवाग्राहीलाई नयाँ बीमालेख लिन बाध्य बनाएको गुनासो आएपछि कडाइ गरिएको हो।

जारी निर्देशनमा दाबी भुक्तानी बीमा कम्पनीको करारअनुसारको दायित्व भएकाले यसलाई कुनै पनि नयाँ बीमा बिक्रीसँग जोड्न नपाइने उल्लेख गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यदि यस्तो गतिविधि गरेको पाइएमा बीमा ऐन, २०७९ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

यस कदमले बीमितको अधिकार संरक्षण गर्दै दाबी प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउने विश्वास लिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?