National life

बाढीमा बीमा कम्पनीमाथि पौने २६ अर्बको दायित्व, कुनमा कति बीमा दाबी ?

बाढीबाट बीमित सम्पत्तिमा भएको क्षतिका लागि कुल ५८३ वटा दाबी परेको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१८ दिन अगाडि|१६ भदौ २०८३, मङ्गलबार
1KShares
बाढीमा बीमा कम्पनीमाथि पौने २६ अर्बको दायित्व, कुनमा कति बीमा दाबी ?
ncell

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीले बीमा क्षेत्रमा ठूलो आर्थिक क्षति निम्त्याएको छ। बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा हालसम्म २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट बीमित सम्पत्तिमा भएको क्षतिका लागि कुल ५८३ वटा दाबी परेको हो।

प्राधिकरणका अनुसार बाढीबाट भएको क्षतिबापत विभिन्न बीमा कम्पनीमा कुल ५८३ वटा दाबी परेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ती दाबीमध्ये सबैभन्दा ठूलो रकमको दाबी ओरिएन्ट इन्स्योरेन्समा परेको छ।

ओरिएन्ट इन्स्योरेन्समा ८ वटा दाबी परेकोमा १३ अर्ब ३ करोड २१ लाख रुपैयाँ बराबरको क्षति दाबी गरिएको छ। यो कुल दाबी रकमको ठूलो हिस्सा हो।

त्यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबी परेको छ। ती दाबीबापत कम्पनीले ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गर्नुपर्ने देखिएको छ।

सानिमा जीआईसी इन्स्योरेन्समा भने सबैभन्दा धेरैमध्ये एक १०२ वटा दाबी परेको छ। कम्पनीमा परेको दाबीको कुल रकम २ अर्ब १० करोड २८ लाख रुपैयाँ रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

रसुवा बाढीबाट जलविद्युत् आयोजना, पूर्वाधार, उद्योग तथा अन्य बीमित सम्पत्तिमा ठूलो क्षति पुगेपछि बीमा दाबी रकम पनि उच्च देखिएको हो। प्राधिकरणले प्राप्त दाबीको मूल्यांकन तथा भुक्तानी प्रक्रियालाई अघि बढाइरहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?