National life

बीमा प्राधिकरणले गर्याे कार्तिक मसान्तसम्म बाल बीमा पोलिसी खुल्ला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१४ कात्तिक २०८०, मङ्गलबार
459Shares
बीमा प्राधिकरणले गर्याे कार्तिक मसान्तसम्म बाल बीमा पोलिसी खुल्ला
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाल बीमा पोलिसी खुल्ला गर्ने निर्णय गरेकाे छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले हाल बन्द रहेको बाल बीमा पोलिसी जारी गर्ने कार्य यही कार्तिक मसान्तसम्म खुल्ला गर्ने निर्णय गरेको हाे ।

हाल बन्द रहेको बाल बीमा पोलिसी आजैबाट खुल्ला भएको छ भने कार्तिक मसान्तसम्म बाल बीमा पोलिसी जारी गर्न पाइनेछ ।

प्राधिकरणका उप निर्देशक राम कोजुले आज सबै जीवन बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा गत असोज २३ गतेदेखि बन्द गरिएको बाल बीमा पोलिसी कार्तिक मसान्तसम्म जारी गर्न पाउने गरी खुल्ला गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणले कार्तिक समान्त अर्थात मंसिर १ गतेदेखि बाल बीमा पोलिसी जारी गर्न नपाउने जनाएको छ । नियामक निकायले बाल बीमा पोलिसीभित्रका विकृति तथा यसभित्रका विभिन्न समस्याका कारण बाल बीमा पोलिसीमाथि रोक लगाउने निर्णय गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
459SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?