National life

मर्जरपछि बनेको सूर्यज्योति लाइफले २ वर्ष मै दियो ५५ % लाभांश,अधिकांश सुचकमा मार्यो फड्को

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ पुस २०८१, सोमबार
1.8kShares
मर्जरपछि बनेको सूर्यज्योति लाइफले २ वर्ष मै दियो ५५ % लाभांश,अधिकांश सुचकमा मार्यो फड्को
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमाको क्षेत्रमा सफल तथा ऐतिहासिक मर्जर प्रक्रियामा जाने पहिलो कम्पनी हो । यसरी मर्जरमा जाँदा धेरै विषयहरुमा मापदण्ड नभएकोले कम्पनीको मर्जर प्रक्रिया चुनौती पुर्ण रह्यो तापनि कर्मचारी समायोजन, आईटि इण्टिग्रेसन ,वित्तीय तथा नियमन सम्पूर्ण प्रकृया पूरा गरी सूर्यज्योति चुस्त दुरुस्त रुपमा अघि बढी नौं (९) महिना मै दुई वटा वार्षिक साधारण सभा सम्पन्न गरी आ.व. २०७९/८० मा ३५% प्रतिशत र २०८०/८१ मा २०% प्रतिशत गरी जम्मा ५५% प्रतिशत को प्रतिफल स्वरुप शेयरधनीहरुलाई लाभांश दिन सफल हुदै अधिकांश सुचकमा उत्कृष्टता हासिल गर्न सफल भयो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हालै मात्र नियमनकारी निकायले तोकेको पौष मसान्त भित्रको समयावधिमा वार्षिक साधारण सभा गर्नु पर्नेमा सूर्यज्योतिले पौष ६ गते साधारण सभा सम्पन्न गरी कार्य दक्षताको नमुना प्रस्तुत गर्यो फलस्वरूप हाम्रो आर्थिक भ्वाइसको टिमलाई उत्सुकता दिलायो कम्पनीको इन डेप्थ जनता सामु छर्लंग पार्न।

यस मर्जरले जीवन बीमा उद्योगको लागि बेन्चमार्क सेट गर्ने काम गरेको छ जसको नेतृत्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश बिक्रम खत्रीको रहेको छ । सिईओ खत्रीको नेतृत्वमा कम्पनीको पुँजी आधार, लगानी, जीवन बीमाकोष,बीमितसंख्या, अत्याधुनिक डिजिटल प्रविधिको उपयोग ,अभिकर्ता संख्या,शाखा संजाल र ब्राण्डिङको क्षेत्रमा इनोभेटिभ तथा अरूभन्दा फरक शैलीमा आफ्नो एक भिन्न पहिचान बनाउदै सूर्यज्योति लाइफले नेपाली बाजारमा छोटो समयमै दरिलो ब्रान्ड इमेज बनाउन सफल भएको छ । फलस्वरूप नेपालको ठुला जीवन बीमा कम्पनीमध्ये सूर्यज्योति एक सफल र सबल कम्पनी बनेको छ।

हालै सार्वजनिक भएको रिपोर्ट अनुसार सूर्यज्योतिले चालू आवको ५ महिनाम ३ अर्ब ९९ करोड बीमा शुल्क संकलन गरेको छ । बीमा कम्पनीहरुमध्ये उक्त रकम संकलन गर्नेमा यो ५औं स्थानमा पर्छ । प्रथम बीमा शुल्क संकलन भने ९२ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

वित्तीय सूचकहरु कस्ता छन् ?

सूर्यज्योति लाइफको चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ बराबरको रहेको छ । १ अर्ब ३३ करोड रुपैयाँ रिटेन्ड अर्निङ रहेको यस कम्पनीको अदर इक्विटीमा ४७ करोड ४० लाख रुपैयाँ रहेको छ ।

उपलब्ध डाटा अनुसार यस कम्पनीको जीवन बीमा कोषमा ३६ अर्ब ४ करोड ८९ लाख रहेको छ । यो चालू आवको पहिलो त्रैमासको वित्तीय रिपोर्टमा उल्लेख गरिएको छ । गत वर्ष ३३ अर्ब ७१ करोड रुपैयाँ थियो । अघिल्लो वर्ष उक्त कोषमा २७ अर्ब २९ करोड रुपैयाँ थियो । ३ वर्षमा बीमा कोषमा ९ अर्ब थपिएको छ ।

यता, बीमा शुल्क संकलन पनि ७ अर्ब ३४ करोडबाट बढेर गत वर्ष ९ अर्ब ४९ करोड पुगेको छ । हालै सार्वजनिक भएको रिपोर्ट अनुसार सूर्यज्योतिले चालू आवको ५ महिनामा ३ अर्ब ९९ करोड बीमा शुल्क संकलन गरेको छ ।

यता, दावी भुक्तानी पनि इन्स्योरेन्सको बढेको छ । अघिल्लो वर्ष ७ अर्ब २१ करोड रहेको उक्त भुक्तानी बढेर गत वर्ष ९ अर्ब २३ करोड ३५ लाख पुगेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी पूँजीमा आएको वृद्धिका बाबजुत पनि बढेको छ । ६.०६ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत वर्षसम्म आइपुग्दा बढेर १७ रुपैयाँ पुगेको छ । चालू आवको पहिलो त्रैमासमा यस कम्पनीको इपीएस ९.२ रुपैयाँ छ । यता, बुक भ्यालू गत वर्षको असारसम्म १३९.८४ रुपैयाँ रहेको छ ।

कम्पनीले चालू आवको ३ महिनासम्म ३७ अर्ब १६ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । यो २०७९-८० को भन्दा धेरै हो । २ वर्ष अघि यस कम्पनीले २८ अर्ब ९३ करोड रुपैयाँको लगानी गरेको थियो । गत वर्ष लगानी ३४ अर्ब ९५ करोड रहेको थियो । अहिले बढेरको छ । यस कम्पनीको लगानी हरेक वर्ष बढेको छ । साथै, लगानीबाट हुने आम्दानी पनि २ अर्ब १९ करोडबाट बढेर ३ अर्ब १५ करोड पुगेको छ । ३ महिनामा भने कम्पनीले ९४ करोड आम्दानी गरेको छ । लगानीबाट हुने आम्दानी बढेको कारण यसको नाफामा सुधार आएको हो ।

सूर्यज्योतिले गत वर्ष ८५ करोड १७ लाख खुद नाफा कमाएको थियो । अघिल्लो वर्ष कम्पनीको खुद नाफा २७ करोड ५२ लाख थियो । पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफा ११ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

यस कम्पनीले गुणस्तरीय तथा प्रविधिमैत्री रूपमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै कर्मचारीसहित अभिकर्ताहरूको लागि समेत आवश्यकता अनुसार प्रदेश तथा केन्द्र स्तरीय तालिम, सेमिनार र गोष्ठीहरूको आयोजना गरी क्षमता अभिवृद्धिमा विशेष जोड दिने कम्पनीले जनाएको छ।

यस्तै आम मानिसहरूको आवश्यकता पहिचान गरी समय सापेक्ष बीमा योजनाहरू कम्पनीले ल्याउने गरेको छ । जसको उदाहरणका रूपमा सही प्लान, चौरासी पूजा बीमा योजना जस्ता सफल योजनालाई लिन सकिन्छ ।

सही प्लान बीमा योजना अन्तर्गत कम प्रिमियममा  पनि ठुलो  रकमको बीमा गर्न सकिने प्राबधान रहेको छ । यो बीमा योजनामा बीमितले तिरेको सम्पूर्ण रकम ७० वर्षको उमेरमा फिर्ता हुने गर्छ भने आजीवन आर्थिक सुरक्षा भने कायम रहने छ। अहिलेको समयावधि र क्रय क्षमता अनुसार यो योजना उपयुक्त रहेको र आम मानिसहरूले पनि  निकै रुचाइएको छ।

बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्दै अगाडी बढेको यो बीमा कम्पनी नेपालकै एक मात्र पहिलो ISO 9001-2015 प्राप्त गर्ने जीवन बीमा कम्पनी हो ।

जीवन बीमा क्षेत्रमा दाबी भुक्तानीलाई बिशेष रुपमा लिने गरिएको छ र सूर्यज्योतिले सदैव सहज र सरल दाबी भुक्तानी दिने जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न प्रयत्नशील रहेको छ। सूर्यज्योति लाइफले बीमितहरुको लागी सहज दाबी भुक्तानी,बीमा नवीकरण  जस्ता यावत कुरामा विशेष ध्यान दिँदै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको छ।

हाल देशभर १७४ शाखामार्फत सेवा पुर्‍याउँदै आएको सूर्यज्योति लाइफले ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी आधुनिक सेवाप्रविधि अपनाउँदै अघि बढिरहेको छ। यसले नेपाली जीवन बीमा क्षेत्रमा नवीनताको उदाहरण प्रस्तुत गर्दै अरू संस्थाहरूलाई पनि प्रेरित गर्ने निश्चित देखिन्छ।

 

 

 

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?