National life

रिलायवल नेपाल लाइफको आइपीओमा सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ साउन २०८०, शुक्रबार
548Shares
रिलायवल नेपाल लाइफको आइपीओमा सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २३ गतेबाट सर्वसाधारणलाई प्रिमियममा आइपीओ निष्काशन गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँडपछि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले साउन २३ गतेबाट सर्वसाधारणलाई प्रिमियममा आइपीओ निष्काशन गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँडपछि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो।

कम्पनीको शेयरमा लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ ५ गतेसम्म लम्बिनेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

 

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?