काठमाण्डौ । बीमा दाबी प्रक्रियालाई सरल, छिटो छरितो वनाई दाबी फछ्र्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गर्ने उद्देश्यका साथ यस शिखर इन्स्योरेन्स कम्पनी लि. द्धारा आयोजित Capacity Enhancement for Professional Excellence in Claim Management बिषयक चौथो सर्भेयर सेमिनार कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा पाँच वटा कार्यपत्र प्रस्तुत भएका थिए जसमा कम्पनीका तर्फबाट शिखर इन्स्योरेन्सका महाप्रवन्धक उदित प्रसाद काफ्ले , २०८१ म आएको बाढी दाबीका सम्बन्धमा सर्भेयरका तर्फबाट नेपाल इन्स्योरेन्स सर्भेयर महासचिव बिकास महर्जन, बिद्युतिय सवारी साधनको दाबी सम्बन्धमा सर्भेयर प्रेम लाल तामाङ, बातावरणीय जोखिमका सम्बन्धमा पुनर्बीमकका तर्फबाट हिमालयन रिइन्स्योरेन्सका तर्फबाट कार्यकारी निर्देशक सिसिर गैरे र नेपाल बीमा प्राधिकरणका तर्फबाट निर्देशक शाम्बराज लामिछानेले दाबी फछ्र्यौटमा सर्भेयरको भुमिका बारे कार्यपत्र प्रस्तुत भएको थियो । प्रस्तुत भएका कार्यपत्रको छलफल भएको थियो ।
काठमाण्डौंको एक होटलमा गरिएको कार्यक्रममा ११० जना सर्भेयर,बिभिन्न बिषयका बिषय बिज्ञ तथा कम्पनीका कर्मचारी लगायत गरी १९० जनाको सहभागिता थियो । कार्यक्रम बिहान नौ बजे देखि बेलुका सम्म चलेको थियो । कार्यक्रमको समापन समारोहको सभापतित्व शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष गौरव अग्रवाल गर्नु भयो भने कार्यक्रमको प्रमुख अतिथ्यता नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बिशिष्ट अतिथि नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष प्रा.डा.फत्त बहादुर केसी अतिथि नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र बैदावार श्रेत्रिले गर्नु भएको थियो ।
समापन कार्यक्रममा कम्पनीको आ.व. २०८०।०८१ मा परेका दाबीमा कम्पनीबाट सर्भेयर कार्यका लागि खटिई उत्कृष्ट सेवा प्रदान गर्ने शेर बहादुर बुडा, लोचन केन्द्र देवकोटा, रविन शर्मा र अमिर खनाल सहित चार जना सर्भेयरलाई सम्मान समेत गरेकोछ । कार्यक्रमको समापन समारोहमा प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्ता खातका कार्यक्रमले सर्भेयरको क्षमता अभिबृधि गर्ने हुनाले कार्यक्रमको आयोजना गरेकोमा प्रसंसा गर्देै सम्मानित हुने सर्भेयरलाई बधाई दिदै यस्ता सम्मानले समय सिमा भित्र कार्य सम्पन्न गर्न उत्प्रेरणा दिएको भन्दै बधाई दिनु भयो ।

































