काठमाडौं । निर्जीवन बीमा क्षेत्रको अग्रणी संस्था शिखर इन्स्योरेन्सले बीमा र बीमाको आवश्यकता, महत्त्व विषयक जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ ।
सेवा र सुविधामा प्रविधिमैत्री बन्दै आएको यस इन्स्योरेन्सले जीवनको उतारचढावमा आउने दुःख र सुखको मेललाई समेट्दै तीन मिनेट लामो भिडियो सामाग्री प्रकाशन गरेको हो ।
२० वर्षदेखि सेवाग्राहीको भरोसा बन्दै आएको शिखर इन्स्योरेन्सले आफ्नो खुसी त्यागेर छोराछोरीलाई सुख दिने बुवा-आमा प्रति। हरेक परिवर्तनलाई लडेर जित्ने दाजु-भाइ प्रति र नदेखिने तर साथ दिइरहने त्यागको प्रशंसा गर्दै भिडियो सामाग्री निर्माण गरेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
https://www.youtube.com/watch?v=8XEAoR2qhx4

































