काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड ISO/IEC 27001:2022 को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ।
कम्पनीले प्राप्त गरेको यो प्रमाणपत्र UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK मार्फत नवीकरण गरिएको हो। गत महिना सम्पन्न गरिएको सम्परीक्षण (Audit) मा कम्पनीले आफ्ना सबै सूचना सुरक्षा प्रणालीहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी रूपमा व्यवस्थापन गरेको प्रमाणित भएको कम्पनीले जनाएको छ।
यस मापदण्डले कम्पनीले सूचना सुरक्षामा अन्तर्राष्ट्रिय रूपमा परिभाषित असल अभ्यासहरूको पालना गरेको स्पष्ट गर्छ।
नेपालमा यो प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी सन नेपाल लाइफ बनेको कम्पनीले दाबी गरेको छ। प्रमाणपत्रको नवीकरणसँगै कम्पनीले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार सूचना सुरक्षाको अभ्यासलाई निरन्तर सुदृढ गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

































