National life

सन नेपाल लाइफद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३१ असोज २०८२, शुक्रबार
1.2kShares
सन नेपाल लाइफद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा
ncell

नेपाली पुरुष क्रिकेट टिमले तेस्रो पटकका लागि विश्वकपमा ऐतिहासिक यात्रा तय गरेको गौरवपूर्ण अवसरमा, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक सदस्यलाई रु ३० लाखको बीमा सुरक्षा प्रदान गर्ने भएको छ ।

यस अन्तर्गत, राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँ बराबरको बीमा सुविधा र नेपालकै पहिलो इमर्जेन्सी मेडिकल सुविधा सन मेडिकेयर समावेश हुनेछ, जसले खेलाडीहरूलाई आकस्मिक दुर्घटनाबाट पनि स्वास्थ्य उपचार सुविधा प्रदान गर्नेछ । कम्पनीको यस कदमबाट खेलाडिहरुलाई थप प्रोत्साहन मिल्नेछ भन्ने बिश्वास कम्पनीले लिएको जनाएको छ ।

कम्पनीका अनुसार, यो योगदान “सुरक्षा मार्फत साहस र प्रेरणा” भन्ने सन नेपाल लाइफको विश्वासलाई प्रतिबिम्बित गर्छ — जब हाम्रो हिरोहरू सुरक्षित हुन्छन्, तब उनीहरू अझै जोशका साथ राष्ट्रको गौरवका लागि खेलेका हुन्छन्।

यो पहल मार्फत सन नेपाल लाइफ इन्स्योरेन्सले राष्ट्रको प्रतीक बन्ने हरेक नेपालीप्रति आभार प्रकट गर्दै “जीवन सुरक्षित, सपना सशक्त” बनाउने आफ्नो प्रतिवद्धता पुनः दोहोर्‍याएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?