National life

सन नेपाल लाइफको वार्षिक साधारणसभा सम्पन्न, २०.२६% लाभांश पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२५ पुस २०८२, शुक्रबार
1.3kShares
सन नेपाल लाइफको वार्षिक साधारणसभा सम्पन्न, २०.२६% लाभांश पारित
ncell

काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ।

सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ का वार्षिक प्रतिवेदनहरू पारित गरेको छ।

सभाबाट लेखापरीक्षकको प्रतिवेदनसहित दुवै आर्थिक वर्षका वासलात, नाफा–नोक्सान, हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरण सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो।

साभारणसभाले लेखापरीक्षकको नियुक्ति गर्नुका साथै आर्थिक २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस सेयर तथा १५.२६३२% नगद लाभांश गरी कुल २०.२६३२% लाभांश वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मत रुपमा पारित गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाको अन्त्यमा सञ्चालक किरण केसीले धन्यवाद ब्यक्त गरेका थिए भने सभाको सञ्चालन कम्पनी सचिव विनोद शर्मा पौडेलले गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?