National life

सूर्यज्योति लाइफको १०.२६ % बोनस शेयर हितग्राही खातामा जम्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ असार २०८१, शुक्रबार
1.2kShares
सूर्यज्योति लाइफको  १०.२६ % बोनस शेयर हितग्राही खातामा जम्मा
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०.२६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारणसभाबाट पारित भएको उक्त बोनस शेयर वितरण गरेको हो ।

धितोपत्र दोस्रो बजारमा असार १६ गते बोनस शेयर बापतको शेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वैशाख ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् । वैशाख ६ गतेसम्म शेयर धितो बन्धक राखि कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न आग्रह गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । बोनस शेयर हितग्राही खातामानै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खाता खोली आफ्नो बोनस शेयर प्राप्त गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?