National life

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ३५.३८ प्रतिशतले वृद्धि ,बीमा कोष ५५ अर्ब नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ कात्तिक २०८०, आइतबार
478Shares
हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ३५.३८ प्रतिशतले वृद्धि ,बीमा कोष ५५ अर्ब नाघ्यो
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा ३५ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदै २४ करोड १३ लाख पुगेको छ। गत आर्थिक वर्ष सोही अवधिमा नाफा १७ करोड ८३ लाख रुपैयाँ थियो ।

३ महिनाको अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कुल बीमा शुल्क आर्जनबाट कम्पनीले १५ करोड ४५ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने ४ अर्ब २२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको कुल बीमा शुल्क आर्जन १४ दशमलव ४९ प्रतिशतले वृद्धि हुँदा खुद बीमा शुल्क आर्जन ११ दशमलव ०७ प्रतिशतले वृद्धि भएको छ ।

८ अर्ब २ करोड चुक्ता पुँजी भएको कम्पनीको संचित मुनाफा ५५ दशमलव ६१ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १५ करोड संचित भएको छ । त्यस्तै अन्य इक्वीटी १० करोड ४५ लाख पुगेको छ । जीवन बीमा कोष असार मसान्तको तुलनामा ६ दशमलव २२ प्रतिशतले वृद्धि हुँदै ५५ अर्ब ३६ करोड पुगेको छ। असार मसान्तमा जीवन बीमा कोष ५२ अर्ब १२ करोड थियो ।

प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ०४ पैसा र प्रति शेयर नेटवर्थ १२१ रुपैयाँ ६२ पैसा छ ।

यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?