National life
cg eloctronics

अब स्थानीय तहबाटै सामूहिक स्वास्थ्य बीमा, बोर्डले ल्यायो डिजिटल सेवा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|१८ कात्तिक २०८३, बुधबार
1.4kShares
अब स्थानीय तहबाटै सामूहिक स्वास्थ्य बीमा, बोर्डले ल्यायो डिजिटल सेवा
muktinatha bikash bank

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रममा डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा सुरु गरेको छ।

बोर्डले मंगलबारदेखि आफ्नो आधिकारिक पोर्टलमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो। पहिलो चरणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच प्रदान गरी सेवा सुरु गरिएको बोर्डले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नयाँ प्रणाली लागू भएसँगै प्रदेश सरकार तथा स्थानीय तहले आफ्नै ड्यासबोर्डमार्फत नागरिक र लक्षित लाभग्राहीलाई सामूहिक रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन तथा नवीकरण गर्न सक्नेछन्।

यस प्रणालीबाट स्थानीय तहले दर्ता सहयोगीमार्फत वा आफैँले ड्यासबोर्ड प्रयोग गरी बीमाको योगदान रकम भुक्तानी गर्न सक्नेछन्। साथै, भुक्तानी तथा दर्तासम्बन्धी सम्पूर्ण अभिलेख डिजिटल रूपमा व्यवस्थापन गर्न सकिनेछ।

यसले स्वास्थ्य बीमामा आबद्ध हुने प्रक्रिया सहज बनाउनुका साथै दर्तामा लाग्ने समयसमेत घटाउने बोर्डको अपेक्षा छ।

everest bank

बोर्डका प्रवक्ता एवं वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले नयाँ प्रणालीले सामूहिक आबद्धता प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरेका छन्।

बोर्डले डिजिटल प्रणालीको अधिकतम उपयोग गर्दै नागरिकलाई सहज रूपमा स्वास्थ्य बीमामा आबद्ध गराउन सबै प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?