National life

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बीमाको को–पेमेन्ट र क्यापिङ हटाइयो

ती जिल्लाका स्वास्थ्य बीमा सेवाग्राहीलाई विशेष सुविधा प्रदान गरिने भएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१२ दिन अगाडि|२२ भदौ २०८३, सोमबार
913Shares
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बीमाको को–पेमेन्ट र क्यापिङ हटाइयो
ncell

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित तीन जिल्लाका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाउने निर्णय गरेको छ।

बोर्डको भदौ २२ गते बसेको निर्णयअनुसार रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र तोकिएको सन्दर्भमा ती जिल्लाका स्वास्थ्य बीमा सेवाग्राहीलाई विशेष सुविधा प्रदान गरिने भएको हो।

बोर्डका अनुसार बाढी प्रभावित क्षेत्रका स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थामा तोकिएको अवधिसम्म स्वास्थ्य बीमा सेवा लिँदा लाग्ने सहभुक्तानी (Co-payment) र Capping हटाइएको छ। यसबाट विपद्का कारण प्रभावित नागरिकलाई स्वास्थ्य उपचारमा थप सहजता हुने बोर्डले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र हराएका वा नभएका सेवाग्राहीलाई समेत स्वास्थ्य बीमा सेवा उपलब्ध गराइने भएको छ। त्यस्ता सेवाग्राहीको स्वास्थ्य बीमा नम्बर HMIS-User प्रणालीमार्फत यकिन गरी सेवा प्रदान गर्न स्वास्थ्य संस्थालाई व्यवस्था गरिएको बोर्डले जनाएको छ।

गत भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीले रसुवासहित नुवाकोट र धादिङमा समेत ठूलो प्रभाव पारेपछि सरकारले यी तीन जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा. पवनकुमार साहले सम्बन्धित सबैलाई बोर्डको निर्णयबारे जानकारी गराइएको बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
913SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?