National life
cg eloctronics

मेटलाइफ नेपालद्वारा सरल तथा सहज अनलाइन दाबी ट्र्याकिङ सेवा सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|११ कात्तिक २०८३, बुधबार
1.6kShares
मेटलाइफ नेपालद्वारा सरल तथा सहज अनलाइन दाबी ट्र्याकिङ सेवा सुरु
muktinatha bikash bank

काठमाडौं । ग्राहकहरूको विश्वास अझ सुदृढ बनाउन निरन्तर प्रतिबद्ध रहेको मेटलाइफ नेपालले नयाँ ग्राहक दाबी प्रक्रिया ट्र्याकिङ प्रणाली सुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरूले ग्राहक सेवामा फोन नगरी वा शाखामा उपस्थित नभई आफ्नो दाबीसम्बन्धी अद्यावधिक जानकारी सहज र सुरक्षित रूपमा प्राप्त गर्न सक्नेछन् ।

दाबीसम्बन्धी जानकारीमा ग्राहकको पहुँच र पारदर्शिता अभिवृद्धि गर्न नेपाल बीमा प्राधिकरणकोे निर्देशनअनुरूप सुरु गरिएको यो नयाँ सेवामार्फत ग्राहकहरूले आफ्नो दाबीको अवस्था अनलाइनमार्फत जुनसुकै समय र जहाँबाट पनि ट्र्याक गर्न सक्नेछन् । ग्राहकहरूले मेटलाइफ नेपालको वेबसाइटमार्फत आफ्नो दाबी प्रक्रियाको प्रगति, हालको समीक्षा चरण तथा पूरा गर्न बाँकी रहेका आवश्यक विवरण वा कागजातहरू हेर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भन्नुभयो, “बीमा भनेको अन्ततः ग्राहकलाई सबैभन्दा आवश्यक परेको समयमा गरिएको प्रतिबद्धता पूरा गर्नु हो, र दाबी भुक्तानी त्यस प्रतिबद्धताको महत्वपूर्ण पक्ष हो । ग्राहकहरूले दाबी दर्ता गरेपछि देखिन सक्ने अनिश्चितता कम गर्दै अझ बढी पारदर्शितामार्फत उनीहरूको विश्वास बढाउन मद्दत मिल्छ ।“

यो सेवा मेटलाइफ नेपालको ग्राहक–प्राथमिकता दृष्टिकोण तथा बीमालाई अझ सरल, पारदर्शी र सहज बनाउन डिजिटल सेवाको प्रयोगमार्फत निरन्तर सुधार गर्ने प्रतिबद्धताको प्रतिबिम्ब हो ।

everest bank

ग्राहकहरूले दाबी ट्र्याकिङ पोर्टल यहाँबाट प्रयोग गर्न सक्नुहुन्छः

थप सहयोगका लागि ग्राहकहरूले मेटलाइफ नेपालको ग्राहक सेवा टोलीलाई ९७७ –१–५९७१७९९ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

मेटलाइफ नेपालको बारेमा:

MetLife, Inc को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा MetLife सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ । थप जानकारी का लागि, कृपया www.metlife.com.np हेर्नु होस वा ९७७ –१–५९७१७९९ मा फोन गर्नुहोस ।

मेटलाइफको बारेमा:

MetLife, Inc. (NYSE: MET), आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित (“MetLife”) वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी (Annuities), कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको MetLife, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । थप जानकारी का लागि, कृपया www.metlife.com हेर्नु होस् ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?