National life

मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रमको आयोजना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ भदौ २०८१, बुधबार
1KShares
मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रमको आयोजना
ncell

काठमाडौं। मेटलाइफ नेपालले आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रमको आयोजना गरेको छ। विविधतामा एकताको जीवन्त उत्सवमा, मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट र बंगलादेश, मलेशिया नेपाल र भियतनामका प्रमुख, एलेना बुटारोभासँग संयुक्त रूपमा, देशभरका बिभिन्न ठाउँबाट शीर्ष प्रदर्शन गर्ने आफ्नो अभिकर्ता टोलीको अघिल्लो वर्षको सफलता र समर्पित सेवालाई प्रशंसा गर्न, काठमाडौंमा हिजो भव्य कार्यक्रमको आयोजना गरेको थियो ।

नेपालको हरेक कुनाबाट मेटलाइफका अभिकर्ताहरू आफ्नो परम्परागत राष्ट्रिय पोशाकमा आइपुगेका थिए। जसले समावेशीताप्रति कम्पनीको प्रतिबद्धता र कसरी जीवनका सबै भौगोलिक क्षेत्रका मानिसहरूले नेपाली परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने एउटै साझा उद्देश्य पूरा गर्न एकसाथ काम गर्छन् भन्ने कुराको रंगीन प्रतिनिधित्व गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मिस एलेना बुटारोवा र मेटलाइफ नेपालका जेनेरल मेनेजर निर्मल काजी श्रेष्ठ र वरिष्ठ व्यवस्थापन टोलीले २०२३ मा शीर्ष–कार्यकारी गर्ने एजेन्सी मेनेजरहरु, युनिट मेनेजरहरु, र फिल्ड रेप्रेसेन्तेटिवहरुको कडा परिश्रम र समर्पणलाई सम्मान गर्न मञ्चमा पुगेका थिए । यी बीमा अभिकर्ताहरु वर्षभरि उत्कृष्ट बिक्री कार्यसम्पादन, उल्लेखनीय सेवा र व्यावसायिकताप्रति प्रतिबद्धताका लागि सम्मानित भएका थिए ।

यी व्यक्तिहरूले बिभिन्न नेपाली नागरिकहरूको जीवनमा पारेको परिवर्तनकारी प्रभावलाई मान्यता दिँदै उक्त कार्यक्रमले गौरव र उपलब्धिको गहिरो अनुभूति गराएको कम्पनीले जनाएको छ । यस कार्यक्रमले वित्तीय सुरक्षाले कुनै सिमा जाँदैन भन्ने नाराका साथ नेपालका सबै कुनाका मानिसहरूलाई एकसाथ ल्याई सबैका लागि अझ बढी विश्वस्त र सुरक्षित भविष्य निर्माण गर्ने प्रेरणा दिएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा भनेको छ ।

मेटलाइफ नेपालको बारेमा

MetLife को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा OGZof सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?