काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालक तेजबहादुर चन्दले पदबाट राजीनामा दिएका छन् ।
चन्दले व्यक्तिगत कारण देखाउँदै गत भदौ २२ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा कम्पनीको असोज १ गते बसेको ६९औँ सञ्चालक समिति बैठकले सोही मितिदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
कम्पनीले चन्दको राजीनामा स्वीकृत भएको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराएको छ ।
राजीनामा स्वीकृत भएसँगै चन्द सञ्चालक पदबाट औपचारिक रूपमा बाहिरिएका छन् ।

































