National life
cg eloctronics

बाढीपीडितका लागि सिद्धार्थ प्रिमियरका कर्मचारीको १९ लाख सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१८ भदौ २०८३, बिहिबार
1.4kShares
बाढीपीडितका लागि सिद्धार्थ प्रिमियरका कर्मचारीको १९ लाख सहयोग
muktinatha bikash bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा कार्यरत ४९९ कर्मचारीले आफ्नो पारिश्रमिकबाट संकलन गरेको १९ लाख ६ हजार ३३५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले कर्मचारीबाट संकलित उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका कर्मचारीहरूको तर्फबाट गरिएको यो सहयोग बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि प्रयोग गरिने बताइएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?