काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हायत रिजेन्सी काठमाडौँमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड,२०२४ सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा सन् २०२३ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२४ ’ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मानित गरिएको हो ।
पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल प्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
त्यस्तै कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लाग्नुभएका सम्पूर्ण अभिकर्ताहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका थिए ।
































