National life

पुस महिनामा जीवन बीमा कम्पनीले गरे ३ अर्ब बढी बीमाशुल्क संकलन, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० माघ २०८१, बिहिबार
711Shares
पुस महिनामा जीवन बीमा कम्पनीले गरे ३ अर्ब बढी बीमाशुल्क संकलन, कुनको कति ?
ncell

काठमाडौँ। जीवन बीमा कम्पनीहरूले पुस महिनामा मात्रै वैदेशिक रोजगार बाहेक ३ अर्ब ३७ करोड बढी प्रथम बीमाशुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ को पुस महिनामा मात्रै ३ अर्ब ३७ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका हुन् ।

उक्त विवरण अनुसार, सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमाशुल्क संकलन गरेको छ। कम्पनीले यस अवधिमा ७१ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, ४५ करोड ४१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको नेशनल लाइफ इन्सोरेन्स कम्पनी दोस्रो स्थानमा रहेको छ।

पुस महिनामा तेस्रो स्थानमा रहेको एलआइसी नेपालले ३० करोड ३१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। साथै, सूर्यज्योति लाइफले २६ करोड १२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ भने हिमालयन लाइफले २५ करोड ५९ लाख रुपैयाँ रएशियन लाइफले २३ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार सिटिजन लाइफले २० करोड ११ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। आइएमई लाइफले १७ करोड ७५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्दा प्रभु महालक्ष्मी लाइफले १७ करोड ३९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। त्यस्तै, सानिमा रिलायन्स लाइफले १७ करोड ३४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

यता, रिलायबल नेपाल लाइफले १३ करोड ६२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्दा मेट लाइफले १२ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। सन नेपाल लाइफले १२ करोड २८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । भने राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ४४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?