National life

यूनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
645Shares
यूनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले संस्थापक समूहको ४ लाख ७ हजार १८२ कित्ता शेयर बिक्रीमा राखेको छ।

हाल कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखिएको हो। जसमध्ये ३ लाख ७४ हजार ४५ कित्ता शेयर संस्थापक शेयरधनी आईजे ग्रूप प्रा.लि.को नाममा रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसको प्रतिकित्ता न्यूनतम मूल्य २२५ रुपैयाँ तोकिएको छ।

त्यस्तै ३३ हजार १३७ कित्ता शेयर संस्थापक शेयरधनी राधेश्याम अग्रवालको नाममा रहेको छ। यो शेयरको न्यूनतम मूल्य भने प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले आफूले किन्न चाहेको शेयरको विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन काठमाडौंको सुन्धारास्थित सिटिसि मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा बुझाउनु पर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?