National life

लाभांश वितरणको प्रस्ताव पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्सले बोलायो सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असार २०८२, सोमबार
643Shares
लाभांश वितरणको प्रस्ताव पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्सले बोलायो सभा
ncell

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ३१औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त बैठक यही असार ३० गते आइतबारका दिन काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।

उक्त सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै, १५ प्रतिशत हकप्रद जारी गर्ने यसअघिनै पारित भएको प्रस्तावलाई परिमार्जन गरी १० प्रतिशत कायम गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।

साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित हुनेछ भने सभामा लेखा परीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरू पारित गरिनेछ।

यसैगरी लेखा परीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। सभामा सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिने छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १८ गतेसम्म कायम शेयर धनीहरू मात्रै कम्पनीको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?