National life

सगरमाथा लुम्बिनी इन्सुरेन्सद्वारा कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२० माघ २०८२, मङ्गलबार
1KShares
सगरमाथा लुम्बिनी इन्सुरेन्सद्वारा कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न
ncell

काठमाडौँ। सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

मिति २०८२ साल माघ १३ गते मङ्गलबारदेखि १५ गते बिहीबारसम्म उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१० स्थित होटल ओल्ड दरबारमा सञ्चालन भएको उक्त तीन दिने तालिम सगरमाथा लुम्बिनी इन्सुरेन्स कोशी प्रदेश प्रमुख श्री नारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको हो।

तालिम कार्यक्रममा कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा इन्सुरेन्स कम्पनीका प्रतिनिधिहरू तथा विभिन्न जिल्लाबाट आएका अभिकर्ताहरूको सहभागिता रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तालिममा सहभागी १५ जना अभिकर्ताहरूले सफलतापूर्वक तालिम पूरा गरी प्रमाणपत्र प्राप्त गरेका छन्। कार्यक्रमको सञ्चालन उदयपुर गाईघाट शाखा कार्यालयका प्रमुख धनबहादुर कटुवालले गर्नुभएको थियो।

तालिम सम्पन्न भएपछि अभिकर्ताहरू कृषकको घरदैलोमा पुगेर कृषि बीमासम्बन्धी सेवा प्रदान गर्ने र कृषकहरूलाई अधिकतम सुरक्षण उपलब्ध गराउने विश्वास कम्पनीले व्यक्त गरेको छ। यस तालिमले कृषि बीमाको पहुँच र दायरा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?