काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ९५ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले विद्यमान संस्थापक शेयर धनीहरूले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीहरूले आगामी ३५ दिन भित्र आफूले किन्न चाहेको शेयर संख्या र मूल्य समेत तोकेर टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै निर्धारण समय सीमा भित्र संस्थापक सेयर धनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ।
































