काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा राजधानीमा सम्पन्न भएको छ। सभा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको थियो।
सभाले कम्पनीको हालको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
बैठकमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। साथै आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह र अन्य वित्तीय प्रतिवेदनहरू पनि स्वीकृत भएका छन्।
यसैगरी, कम्पनीले यसअघि पारित गरेको १७ प्रतिशत हकप्रद शेयरसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने तथा बोनस शेयर जारीपश्चात प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिएको छ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख २३ गते एक दिन बुक क्लोज गरेको थियो।
































