National life

सिटिजन्स लाइफको आइपीओमा ओभरसस्क्राइब ,करिव २० लाख कित्ताका लागि आवेदन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ साउन २०८०, आइतबार
1.1kShares
सिटिजन्स लाइफको आइपीओमा ओभरसस्क्राइब ,करिव २० लाख कित्ताका लागि आवेदन
ncell

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओमा वैदेशिक रोजगारमा रहेका २८ हजार नेपालीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज साँझ ५ः०५ बजेसम्म २८ हजार ६७० जनाले ४८ करोड ७४ लाख ५५ हजार ८८० रुपैयाँ बराबरको १९ लाख ९७ हजार ७७० कित्ताका लागि आवेदन दिएका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज असार ३१ गतेदेखि साउन १४ गते सम्मको लागि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको थियो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आइपिओ निष्कासन गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
इन्स्योरेन्सले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गरेको हो।

सोमध्ये ५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि र बाँकी रहेको १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले बताएको छ।कुल निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको हो।

यस्तै निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीको भनाइ छ।

अब कम्पनीले सर्वसाधारणको लागि यहि महिना मै आइपिओ निष्कासन गर्नेछ। आइपिओ निष्काशनको समय भने फाइनल भैसकेको छैन्।यसको लागि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले चाडै नै मिति घोषणा गर्नेछ । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?