National life

अमेरिकाले लगायो इरानविरुद्ध नयाँ प्रतिबन्ध

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०२ कात्तिक २०८०, बिहिबार
1.3kShares
अमेरिकाले लगायो इरानविरुद्ध नयाँ प्रतिबन्ध
ncell

काठमाडौँ । अमेरिकाले इरानविरुद्ध नयाँ प्रतिबन्ध लगाएको छ। विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ट्विटमा लेखेका छन्, ‘आज अमेरिकाले इरानको ब्यालेस्टिक मिसाइल र ड्रोन कार्यक्रम रोक्न नयाँ प्रतिबन्ध लगाएको छ।’

इरानविरुद्ध संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध बुधबार समाप्त भएको छ, जसलाई ध्यानमा राख्दै अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको हो।

बीबीसीका अनुसार कम्पनीहरूलाई इरानलाई संवेदनशील प्रविधि नबेच्न चेतावनी दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
इजरायल र हमासबीच द्वन्द्व जारी रहेका बेला अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध घोषणा गरेको हो।

अमेरिकी अधिकारीहरू इजरायलविरुद्ध हमासको आक्रमणमा इरानको भूमिकाबारे अहिलेसम्म प्रमाण नभेटिए पनि उसले हमासलाई लामो समयदेखि सहयोग गरिरहेको दाबी गर्छन्।

संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धको अवधि अन्त्य भएपछि इरानलाई मिसाइल बनाउन र मिसाइल र ड्रोन बनाउने प्रविधि निर्यात गर्न सहज हुने डर अमेरिका र उसका सहयोगीहरूलाई छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?