National life

आर्थिक क्षति पुर्‍याएको भन्दै खर्बपति व्यापारी एलन मस्कको कम्पनी विरुद्ध मुद्दा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ असोज २०८०, बुधबार
701Shares
आर्थिक क्षति पुर्‍याएको भन्दै खर्बपति व्यापारी एलन मस्कको कम्पनी विरुद्ध मुद्दा
ncell

काठमाडाैं ।अमेरिकी खर्बपति व्यापारी तथा तथा विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको अर्को कम्पनी विरुद्ध मुद्दा दायर गरिएको छ ।

उनी सामाजिक सञ्जाल एक्स कर्पोरेसनका पनि मालिक हुन् । यसअघि एक्स कर्पोरेसनको नाम ट्विटर थियो ।

तर हालैका दिनमा मिल्दोजुल्दो नाम राखेर आर्थिक क्षति पुर्‍याएको भन्दै उनको कम्पनी एक्स कर्पोरेसन विरुद्ध मुद्दा दायर गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समाचार एजेन्सी रोयटर्सका अनुसार फ्लोरिडाको एड एजेन्सी कम्पनी एक्स सोसल मिडिया एलएलसीले सङ्घीय अदालतमा मुद्दा दायर गरेको हो ।

मस्कले ट्वीटरको नाम परिवर्तन गरी एक्स राख्दा त्यसले अनुचित प्रतिस्पर्धा तथा ट्रेडमार्कको उलङ्घन गर्नुका साथै भ्रामक र अनुचित व्यापार अभ्यास गरेको सो कम्पनीको आरोप छ । एक्स सोसल मिडिया सन् २०१६ देखि सञ्चालनमा छ ।

एलन मस्कले मिल्दोजुल्दो नाम राख्दा आफ्नो आम्दानी घटेको समेत उसको दाबी छ । तर हालसम्म पनि सामाजिक सञ्जाल एक्स कर्पोरेसनले आफूविरुद्ध परेको मुद्दा बारे कुनै प्रतिक्रिया व्यक्त गरेको छैन ।

अमेरिकी बजारमा ट्रेडमार्क एक्स रहेका धेरै कम्पनीहरु रहेता पनि एक्स सोसल मिडिया मुद्दा दायर गर्ने पहिलो कम्पनी बनेको छ।

यो सन्दर्भमा एक्स सोसल मिडियाको मुद्दा कति बलियो हुन्छ बारे कुनै स्पष्ट धारणा सार्वजनिक भइसकेको छैन । - एजेन्सी

यो समाचार शेयर गर्नुहोस्
701SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?