National life

क्यानडामा ५० वर्ष यताकै भारी वर्षा, ४ जना बेपत्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
879Shares
क्यानडामा ५० वर्ष यताकै भारी वर्षा, ४ जना बेपत्ता
ncell

ओटोवा । क्यानडाको नोभा स्कोटिया क्षेत्रमा भएको भारी वर्षापछि दुई बालबालिकासहित चारजना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार एटलान्टिक क्षेत्रमा ५० वर्ष यताकै भारी वर्षाका कारण आएको बाढीले हजारौँ घर विद्युत‍्विहीन बनेका छन् ।

केही क्षेत्रमा सामान्यतया तीन महिनाको अवधिमा पर्ने पानी मात्र २४ घण्टाको अन्तरमा परेको थियो । जोखिमपूर्ण अवस्थाको कारण सर्वसाधारणहरूलाई खोजी तथा उद्धार कार्यमा समावेश नहुन अपिल गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीका अनुसार हराइरहेका दुई बालबालिका कारमा रहेका थिए । उक्त कार बाढीमा डुब्न पुगेको थियो । कारमा रहेका अन्य तीन जना भने पौडेर बाँच्न सफल भएका थिए ।

त्यस्तै, अन्य दुई जना सवार कार पनि बाढीको चपेटामा आएपछि हराइरहेका छन् । उक्त कारमा सवार अन्य दुई जनाको भने उद्धार गरिएको थियो । –बीबीसी

यो समाचार शेयर गर्नुहोस्
879SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?