National life

क्रिप्टो कारोबारमा अनियमितता र ठगी गरेको फ्राइडलाई २५ वर्षको जेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
610Shares
क्रिप्टो कारोबारमा अनियमितता र ठगी गरेको फ्राइडलाई २५ वर्षको जेल
ncell

काठमाडौं । क्रिप्टो कारोबारमा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्यांकम्यान-फ्राइडलाई अमेरिकी अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ।

एएफपीका अनुसार अमेरिकी जिल्ला न्यायाधीश लेविस कप्लानले फ्राइडले आफूमाथि लागेका आरोपप्रति कुनै पश्चाताप नमानेको बताएका छन्। यस अगाडि नै छोटो अवधिमै अर्बपतिको सूचीमा परेका फ्राइडले जानाजान वित्तीय कानुनहरु आफूले उल्लंघन नगरेको दाबी गर्दै आएका थिए।

फ्राइडले अदालतसामु आफूले गल्ती गरेको स्वीकार गरे पनि वित्तीय अपराध गरेकामा कुनै पश्चाताप भने गरेका थिएनन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
न्यायाधीश कप्लानले फ्राइडलाई २५ वर्षको जेल सजाय तोक्नुका साथै अरु ३ वर्ष पनि निगरानीमा राख्ने गरी आदेश दिएका छन्।

सन् २०१९ मा सानो स्टार्टअपका रुपमा सुरु गरेको एफटिएक्स क्रिप्टोलाई विश्वकै दोस्रो ठूलो क्रिप्टो करेन्सीमा रुपान्तरण गर्न उनी सफल भएका थिए । तर नोभेम्बर २०२२ मा फ्राइडको ओरालो यात्रा सुरु भएको थियो । (एएफपी)

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?