National life

चन्द्रयान–३ को सफलतापछि जापानले पनि पठायो चन्द्रमामा ल्यान्डर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
611Shares
चन्द्रयान–३ को सफलतापछि जापानले पनि पठायो चन्द्रमामा ल्यान्डर
ncell

एजेन्सी । चन्द्रयान–३ को सफलतापछि अब जापानले पनि चन्द्रमाको सतहमा उत्रने आफ्नो अभियान सुरु गरेको छ । खराब मौसमका कारण कयौँपटक स्थगित भएपछि जापानको ‘मून ल्यान्डर मिसन (स्लिम)’ बिहीबार बिहान सफलतापूर्वक लञ्च गरिएको हो ।

स्लिम (स्मार्ट ल्यान्डर फर इन्भेस्टिजेटिङ मून) नामको यस मिसन चन्द्रमाको सतहमा लगभग पाँच महिनाभित्र (फेब्रुअरीभित्र) अवतरण गर्ने सम्भावना छ ।

भारतको इसरोले ट्वीट गर्दै लेखेको छ, ‘जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीलाई चन्द्रमाको लागि स्लिम ल्यान्डरको सफलतापूर्वक लञ्च गरेकोमा बधाई ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वैश्विक अन्तरिक्ष समुदायको तर्फबाट अर्को एक सफल चन्द्र अभियानका लागि शुभकामना ।’

यदि यो मिसन सफल भयो भने जापान चन्द्रमाको सतहमा उत्रने विश्वको पाँचौँ देश बन्नेछ । अहिलेसम्म चन्द्रमामा मात्र चार देश – अमेरिका, रुस, चीन र भारतले सफलतापूर्वक मिसन अवतरण गराएको छ । जापानको यो परियोजनाको लागत १० करोड डलर रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?