National life

टेलिकम कम्पनी नोकियाले १४ हजार कर्मचारी निकाल्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०२ कात्तिक २०८०, बिहिबार
520Shares
टेलिकम कम्पनी नोकियाले १४ हजार कर्मचारी निकाल्दै
ncell

काठमाडाैं । टेलिकम कम्पनी नोकियाले सन् २०२६ सम्ममा ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने भएको छ। बीबीसीका अनुसार आफ्नो खर्च घटाउन भन्दै नोकियाले भारी मात्रामा रोजगारी कटौती गर्न लागेको हो।

उत्तर अमेरिकी बजारमा फाइभजी उपकरणको माग घटेको उल्लेख गर्दै कम्पनीले जुलाई र सेप्टेम्बरको बीचमा व्यापारमा २० प्रतिशत गिरावट आएको जनाएको छ।

नोकियाका हाल विश्वभर ८६ हजार कर्मचारी छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नोकियाले सन् २०१५ यता हजारौँ मानिसलाई रोजगारीबाट निकालेको छ।

नोकिया कुनै समय संसारको सबैभन्दा ठूलो ह्यान्डसेट कम्पनी थियो। तर ऊ स्मार्टफोनको दुनियामा पछि पर्‍यो।

त्यसपछि नोकिया फाईभजी उपकरणको व्यवसायमा लाग्यो।

यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?