National life

पाकिस्तान : विस्फोटमा मारिनेको संख्या ४४ पुग्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ साउन २०८०, सोमबार
613Shares
पाकिस्तान : विस्फोटमा मारिनेको संख्या ४४ पुग्यो
ncell

एजेन्सी । इस्लामिक पार्टीद्वारा आयोजना गरिएको एक कार्यक्रममा विस्फोट हुँदा पाकिस्तानमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम बाजुर जिल्लामा जामियात उलेमा–ई–इस्लाम–फजलको कार्यक्रममा विस्फोट हुँदा १ सय जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीले यो सम्भावित आत्मघाती विस्फोट भएको प्रमाणहरु फेला परेको जनाएको छ । सबै घाइतेहरुलाई उद्धार गरी अस्पताल पुर्‍याइएको अधिकारीहरुको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ । कम्तिमा १५ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

के कारणले विस्फोट गराइयो भन्ने खुलेको छैन । आइतबार अफगानिस्तानको सीमा नजिकै रहेको खारमा अयोजित कार्यक्रममा सयौँको संख्यामा मानिसहरु भाग लिन आएका थिए ।

सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा एक पाल मुनि कार्यक्रम आयोजना भइरहेको बेला स्टेजको छेउमा विस्फोट भएको देखिएको छ । बीबीसी

यो समाचार शेयर गर्नुहोस्
613SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?