National life

बैंकले फिर्ता लियो सनी देओलको मुम्बईस्थित जुहू बंगला लिलामीको सूचना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ भदौ २०८०, सोमबार
1.1kShares
बैंकले फिर्ता लियो सनी देओलको मुम्बईस्थित जुहू बंगला लिलामीको सूचना
ncell

काठमाडौँ । बलिउड अभिनेता सन्नी देओलको मुम्बईस्थित जुहू बंगलाको लिलामी गर्ने सूचना सम्बन्धित बैंकले फिर्ता लिएको छ। सोमबार बैंक अफ बडोदाले एक अखबारमा विज्ञप्ति प्रकाशन गरी लिलामीको सूचना फिर्ता लिइएको जानकारी दिएको हो।

यसअघि बैंकले ५६ करोड ऋण ई-अक्सनमार्फत असुली गर्न सूचना जारी गरेको थियो। यो लिलामी अगस्ट २५ मा हुने बताइएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले पञ्जाबको गुरदासपुरका सांसद सन्नी देओलले डिसेम्बर २०२२ देखि बैंक अफ बडोदाको ५५.९९ करोड रुपैयाँको ऋण तिर्न नसकेकाले यो सम्पत्ति ई-लिलामी गरिने बताएको थियो।

बैंकले आफ्नो नयाँ विज्ञप्तिमा ‘अजय सिंह देवल उर्फ ​​सन्नी देओल’को सम्पत्तिको ई-अक्सनको सूचना प्राविधिक कारणले फिर्ता लिइएको जनाएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?