National life

ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति उजागर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०५ कात्तिक २०८०, आइतबार
581Shares
ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति उजागर
ncell

एजेन्सी । अमेजनका केही भागमा अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ । यसले करिब दुई हजार वर्ष पुरानो हुनसक्ने ठानिएको जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति देखिएको छ ।

अमेजनको सबैभन्दा ठूलो सहर मनाउसका लामो समयदेखिका निवासी लिभिया रिबेरोले साथीहरूबाट चट्टानमा मानव आकृतिका बारेमा सुनेको र हेर्न चाहेको बताए । “मलाई यो झुट हो जस्तो लागेको छ, मैले यसलाई कहिल्यै पनि देखेकी थिइनँ, म मनाउसमा २७ वर्षदेखि बस्दै आएकी छु”, उक्त आकृति हेरेपछि प्रशासक रिबेरोले भनेचट्टानका आकृतिहरू सामान्यतया देखिँदैन किनकी तिनीहरू निग्रो नदीको पानीले भरिन्छ, यो नदीको प्रवाह गत साता एक सय २१ वर्षमा सबैभन्दा कम स्तरमा रेकर्ड गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नदी किनारमा आकृतिहरू सहितको सतहले वैज्ञानिक र सर्वसाधारणलाई खुसी प्रदान गरेको छ तर चिन्ता गर्ने प्रश्न पनि दिएको छ । “हामी आउँछौँ, आकृति देख्छौँ र हामीलाई ती सुन्दर लाग्छन् तर यो चिन्ताजनक पनि छ, मलाई यो नदी ५० वा एक सय वर्षमा अस्तित्वमा रहन्छ र भन्ने लाग्छ”, रिबेरोले भने।

ब्राजिलको अमेजनमा खडेरीका कारण हालैका साताहरूमा नदीको जलस्तर अत्यन्त कम भएको छ जसबाट यो क्षेत्र प्रभावित भएको छ । यो जल यातायात र आपूर्तिका लागि जलमार्गको सञ्जालमा निर्भर छ ।

ब्राजिल सरकारले उक्त क्षेत्रमा आपत्कालीन सहायता पठाएको छ । यहाँ सामान्यतया नदीका किनारा सुक्खा हुन्छन् र फँसेका डुङ्गाहरूले भरिएका हुन्छन् ।

विज्ञहरूका अनुसार यस वर्ष अल निनोका कारण प्रशान्त महासागरमा रहेको अनियमित जलवायु खराब भएको छ र यसबाट जलवायु परिवर्तनका असर बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?