National life

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ साउन २०८१, शनिबार
1.3kShares
ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना, ६१ जनाको मृत्यु
ncell

काठमाडौं । ब्राजिलको साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ ।

दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलतर्फ उडिरहेको बेला भिन्हेडो सहरको एउला बंगालामा खसेको भोपास एयरलाइन्सले जनाएको छ।

एजेन्सीका अनुसार एटीआर ७२–५०० मा ५७ यात्रु र चालक दलका चार सदस्य सवार थिए । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्।

अधिकारीहरूले फ्लाइट रेकर्डरहरू प्राप्त गरिसकेको बताएका छन् । फ्रान्सेली(इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?